बागलुङ गल्कोट नगरपालिकाका मेयरलाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बागलुङ गल्कोट नगरपालिकाका मेयरलाई कोरोना

बागलुङ । बागलुङको गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेलाई कोरोना पुष्टि भएको छ । गैरेमा फरक किसीमको खोकी तथा कोरोनासंग मिल्दो जुल्दो सामान्य लक्षणहरु देखिएको कारण सोमबार स्वाव दिएका थिए ।

बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बि.क पोखरेलले बताएका छन् । उनलाई धौलागिरी अस्पताल बागलुङमा ल्याउने तयारी भई रहेको उनले बताए ।

नगर प्रमुख गैरेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र पछि केही जटिल समस्या देखिन सक्ने भन्दै उपचारको लागि धौलागिरी अस्पतालमा आउन लागेको बताए । गैरेले आफूलाई कोरोना पोजेटिभ भएको जानाकारी दिए पनि आधिकारिक रुपमा स्वास्थ्य निर्देशनालयले भने गैरेको रिपोर्ट सार्वजनिक गरेको छैन ।

जनप्रतिनिधि गैरेलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका धेरै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङमा पर्नुका साथै गल्कोट नगरपालिकामा जोखिम बढेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);