नाइजेरियामा १ सय ५० जना विद्यार्थी अपहरण, अपहरणकारीको गोली लागेर दुई विद्यार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नाइजेरियामा १ सय ५० जना विद्यार्थी अपहरण, अपहरणकारीको गोली लागेर दुई विद्यार्थीको मृत्यु

एजेन्सी । नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी विद्यार्थी अपहरणमा परेका छन् ।

मोटरसाइकलमा आएका अपहणकारीले बन्दुक चलाउँदै विद्यार्थी तथा शिक्षक शिक्षिकालाई त्रसाउँदै अपहरण गरेका हुन् ।

अपहरण गर्ने क्रममा अपहरणकारीले गोलीसमेत चलाएको र गोली लागेर दुई विद्यार्थीको मृत्यु भएको नाजेरियाली अधिकारीले पुष्टि गरेका छन् ।

उक्त विद्यालयमा ८ देखि १८ वर्षका विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । पछिल्लो समय नाइजेरियकाका उत्तरी राज्यहरुमा विद्यार्थी अपहरण बढ्दो छ। गत फेब्रुअरीमा एक स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए । ती मध्ये हाल धेरैजसो अपहरणमुक्त भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);