नेपालमा २६ लाख मानिसमा मुटु रोग भएको तथ्याङ्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

नेपालमा २६ लाख मानिसमा मुटु रोग भएको तथ्याङ्क

mutu rog

काठमाडौं, १२ असोज । नेपालमा दिनप्रतिदिन मुटुरोगीहरु बढीररहेको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको तथ्यांक छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ त्यसमध्येपनि शहरी क्षेत्रको बिलासी जिवनले मुटुरोगीको संख्या बढेको पाइन्छ ।

नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग भएको तथ्याङ छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने भन्दापनि शहरमा बस्ने बिलासी जिवन जिउनेमा मुटु रोग बढि देखिएको छ । सहरी क्षेत्रमा मुटुरोगका बिरामी बढी देखिनुमा हाम्रो जीवनशैलीमा आएको परिवर्तन नै मुख्य कारण रहेको चिकित्सकहरु बताउँछन् । शारीरिक व्यायामको कमी, खानपानमा आएको परिवर्तन, अत्यधिक धूमपान, मध्यपान, शहरको दुषित वातावरण, र अर्को मुख्य कारण तनावपूर्ण जीवनले गर्दा नै मुटु रोगि बढीरहेका छन् ।

अहिले रोगले उमेर भन्न् पनि छोडेको छ । बालबालिका देखि भर्खरका युवाहरुपनि हृदयघात भएर अस्पताल आउने गरेको चिकित्सकहरुको भनाइ छ ।

शहरमा होस वा ग्रामीण क्षेत्र मानिसहरु थोरै हिडडुल गर्न पनि मोटरसाइकलको प्रयोग गाडीको प्रयोग गर्ने गर्दछन । जस्को कारण हामीले दिनमा आघि घण्टा हिडनपनि मुस्किल पर्छ त्यसको सिधा असर हाम्रो स्वास्थ्यमा पर्छ । मुटुरोगको उपचार खर्चिलो भएकाले यसको नियन्त्रणको लागी नियमित शारीरिक व्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, ३५ वर्षभन्दा माथिकाले सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गर्नुपर्छ ।

खानपानमा सुधार, व्यायम, धूमपान मध्यापान नगर्ने, कोलोस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ ।