पानीको वाफ, भिक्स, सन्चो, ईनहेलरको अत्याधिक प्रयोग फोक्सोको लागि खतरा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पानीको वाफ, भिक्स, सन्चो, ईनहेलरको अत्याधिक प्रयोग फोक्सोको लागि खतरा ( भिडियो रिपोर्ट )

प्रतिमा धरेल \ माउण्टेन टेलिभिजन एचडी।

काठमाडौँ, पौष २३। चिसो बढेसँगै रुघाखोकी, ज्वरो, पीनास, दम, जस्ता समस्या आम बन्ने गर्दछ। स्वासप्रस्वासका बिरामीको जाडोमा विषेश ध्यान राख्न चिकित्सकहरुले सुझाउन पनि । रुघाखोकि र छातीमा खराबी देखिँदा बिरामीहरु वाफ लिने, भिक्स, सन्चो, ईनहेलरको प्रयोग बढीनै गर्ने गर्छन् । यसको प्रयोग सहि तरिका र मात्रामा हुने हो भने समस्याबाट राहत पक्कै दिन्छ तर आराम दिन्छ भन्दै अत्याधिक प्रयोग गर्दा भने स्वास्थ्यका लागि थप घातक हुने विज्ञहरुको भनाई छ।

जाडोमा दाउरा, कोईला बालेर ताप्ने र हिटरको प्रयोग पनि व्यापक हुने गर्छ । आगो बाल्दा निस्कने धुवा फोक्सोको लागि निकै हानिकारक हुन्छ। दाउरा र कोईलाको तुलनामा हिटरको प्रयोग सुरक्षित मानिन्छ। यद्यपी यसको प्रयोग लामो समयसम्म गर्नाले सरीर सुक्खा हुन्छ। अझ बन्द कोठामा लामो समय बाल्दा अक्सिजनको मात्रा घटेर कार्वनमोनोअक्साईड बढि हुने गर्छ। यसले फोक्सोमा नकारात्मक असर पु¥याउने डा पौडेल बताउनुहुन्छ। यतिमात्रै होईन हिटर आगो बालेर सुत्दा निसास्सिएर परिवारनै सखाप भएकोसम्मका समाचारहरु आउने गरेका छन् । डा पौडेलले जाडोमा विहानीपख हिडडुल नगर्नपनि सुझाव दिनुभएको छ।

आवस्यकता भन्दा बढि बाफ लिने, भिक्स, सन्चो को अत्याधिक प्रयोग र आगो हिटर ताप्नाले शरीरमा सुक्खापन बढ्छ। त्यसमाथि जाडोमा चिसोका कारण पानीको सेवन पनि कम गरिन्छ जसले शरीरमा पानीको मात्रा कम गराउछ र थप स्वास्थ्य समस्या निम्त्याउँछ।

प्रदुषणपनि उच्च रहेकाले मास्कको प्रयोग पनि अनिवार्य रुपमा गर्न आवश्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);