नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान जारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन शुरु भएको छ ।

शनिवार संघको नेतृत्वका लागि मतदान शुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ ।

मतदानका लागि आज अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे,अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको उपस्थिति रहेको थियो । उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ ।

त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उहाँको प्यानलबाट उम्मेदवार हुनुहुन्छ । त्यस्तै सदस्य पदमा उहाँको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल हुनुहुन्छ भने महासचिवमा सविन श्रेष्ठ हुनुहुन्छ । सचिवमा रामेश्वर बुर्लाकोटी रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य हुनुहुन्छ ।

सहकोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी आचार्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);