लमजुङमा सवारी कारबाहीबाट ५६ लाख १६ हजार राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लमजुङमा सवारी कारबाहीबाट ५६ लाख १६ हजार राजश्व संकलन

लमजुङ। लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख  १६ हजार रुपैया राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनकाे कारबाहीबाट उक्त राजश्व संकलन भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ ।सोबाहेक गत आर्थिक वर्षमा दुई हजार १२७  कार जिप  कारबाहीमा परेका छन् ।  कारबाहीमा परेका कार जिपबाट १३ लाख ९ हजार राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा एक हजार १४३ ट्रक/ टिपर, ७०१ ट्याक्टर,  ४९८ बस र ११७ अन्य सवारीसाधान कारबाहीमा परेका छन् । कारबाहीमा परेका ट्रक/ टिपरबाट सात लाख २५ हजार ५०० , ट्याक्टरबाट चार लाख ४७ हजार, बसबाट तीन लाख दुई हजार र अन्यबाट ८१ हजार ५०० रुपैया राजश्व संकलन भएको छ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा लमजुङमा पाँच हजार ४७६ सवारी कारबाहीबाट ३४ लाख ५५ हजार राजश्व संकलन भएको थियो । जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);