मुगुमा कुटपिटबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मुगुमा कुटपिटबाट एकको मृत्यु

death

कालिकोट, ४ असार । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका–१ मा पर्ने चिताई कुनामा शनिबार राती आपसी विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

कुटपिटबाट घाइते भएका मुगुम कार्मारोङ्ग गाउँपालिका– ४ खारी घर भई चन्दननाथ नगरपालिका–४ जुम्ला बस्दै आएका ३५ वर्षीया कार्मा तामाङ्गको मृत्यु हो । घाइते तामाङ्गको आइतबार दिउसो ११ बजे उद्दार गरी उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गमगढीदेखि मुगुतर्फ जाँदै गरेका चार जना युवा र तामाङ्ग बीच मदिरा सेवन गरी बिवाद हुँदा कुटाकुट भएको र कुटपिटमा संग्लन एक जनालाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको र अन्य तीन जनाको खोजी जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);