नारायणगढ–मुग्लिन सडकखण्डमा खाल्डाखुल्डी र हिलो तथा धुलोका कारण सवारी चलाउन समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

किशोर रिजाल, चितवन, ११ असोज ।  सरकारले दसैंभर नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी सञ्चालन सहज बनाउने जनाए पनि यात्रा झन् कष्टकर बन्दै गएको सवारी चालकहरुले बताएका छन् । सडक मर्मतमा निर्माण कम्पनीले चासो नदिँदा सडकका खाल्डाखुल्डी र हिलो तथा धुलोका कारण सवारी चलाउन समस्या भएको हो ।

 

चाडपर्व सुरु भएसँगै सवारी साधनको चाप बढेको र सानो पानी पर्नासाथ सडक हिलो हुने र खाडल पर्ने गरेकाले सवारी जाम बढेको चालकहरुले बताएका छन् ।

 

सरकारले चाडपर्वलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात सहज बनाउन विशेष निर्देशन दिएको भए पनि यात्रुले त्यस्तो महसुस गर्न पाएका छैनन् । मुग्लिनदेखि नारायणगढसम्म आउँदा निकै उठाउनुपरेको यात्रुहरुले बताएका छन् ।

 

सडक सहज प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशनसमेत पूरा भएन । नारायणगढ–मुग्लिन सडकखण्डलाई एसियाली मापदण्डअनुसार स्तरोन्नति गर्ने सरकारी योजना छ । तर, कछुवाको गतिमा काम अघि बढ्दा यात्रुले महिनौंसम्म सास्ती पाइरहेका छन् । काठमाडौंलाई तराईसँग जोड्ने देशकै लाइफलाइनको रुपमा रहेको यो सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा, यात्रु तथा चालकलाई मात्रै अप्ठ्यारो परेको छैन, दैनिक लाखौं रुपैयाँको आर्थिक क्षतिसमेत भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);