ललितपुर प्रहरीको चाडपर्व योजनाः जुवातास, चिठ्ठा खेल्ने खेलाउनेमाथि कडा कारबाही | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ललितपुर, ४ भदौ । ललितपुर प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडपर्व विशेष सुरक्षा योजना अन्तरगत २४ सै घन्टा सुरक्षा दिने व्यवस्था गरिएको ललिपुरका प्रमुख एसएसपी गणेशबहादुर ऐरले दिएका छन् । ललितपुर प्रहरी परिसरले चाडपर्वको समयमा बैंक तथा वित्तिय संस्था, मेला पर्व भिडभाड हुने स्थान तथा चोरी नियन्त्रणमा विशेष सुरक्षाको व्यवस्था गरेको छ । त्यस्तै जुवा तास नियन्त्रण, मापसे तथा गुन्डागर्दी नियन्त्रणमा पनि प्रहरीले जोड दिने बताएको छ । साथै प्रहरीले चिठ्ठा खेलाउने र खेल्नेलाई कारबाही गर्ने जनाएको छ ।

दसैं र तिहारमा सुरक्षा व्यवस्थका लागि ललितपुरमा ९ सय प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);