ओमनका सुल्तान कबुसको निधन भएपछि नयाँ सुल्तान चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ओमनका सुल्तान कबुसको निधन भएपछि नयाँ सुल्तान चयन

Sultan Qaboos Bin Said

काठमाडौं, २७ पुस । ओमनका नयाँ सुल्तानमा हैथाम बिन तारिक चयन, संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथाम कबुसको नातेदार रहेको जानकारी ।

सुल्तान कबुसको ७९ वर्षको उमेरमा शुक्रबार निधन भएपछि संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथाम बिन तारिकलाई नयाँ सुल्तान चयन गरिएको हो । सुल्तान कबुस अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उत्तराधिकारी पनि कसैलाई नतोकेपछि उत्तराधिकारीको समस्या परेको थियो ।

उनले कसैलाई नतोकेपछि पारिवारिक बैठकबाट सुल्तान कबुसकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ । आधुनिक अरबी देशका शासकमध्ये कबुस धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुल्तान कबुसले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गरेका हुन् । उनले आफ्नै पितालाई अपदस्त गरेर शासन लिएका थिए ।

उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए । क्यान्सरकै कारण उनको निधन भएको बताइएको छ । ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);