ज्वालामुखी विस्फोट हुन सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ज्वालामुखी विस्फोट हुन सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन

taal volcano

एजेन्सी, २८ पुस । फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि सरकारले सतर्कता अपनाउन सूचना जारी गरेको छ । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको अधिकारीहरूले केही घण्टा वा दिनभित्र डरलाग्दो विस्फोटन हुन सक्ने बताएपछि सरकारले सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ । विगत ४ सय ५० वर्षमा त्यो ज्वालामुखी ३४ चोटि विस्फोटन भएको छ । लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको थियो ।

खरानी परपरसम्म पुगेर खसेपछि सरकारले मास्क लगाउन सुझाव दिइएको छ । टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्छन् । सन् १९ सय ११ मा टाल ज्वालामुखि विस्फोटन हुँदा १हजार ५सय मानिसको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);