युद्ध सुरु गर्न नभएर युद्ध रोक्न सुलेमानीको हत्या : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युद्ध सुरु गर्न नभएर युद्ध रोक्न सुलेमानीको हत्या : ट्रम्प

trump-soleimani

एजेन्सी, १९ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले युद्ध सुरु गर्न नभएर युद्ध रोक्न मारेको बताएका छन् । उनले इराकको बगदादस्थित विमानस्थलमा भएको शुक्रवारको आक्रमणमा सुलेमानी मारिएपछि ट्रम्पले “आतङ्कको शासन“ समाप्त भएको प्रतिक्रया दिएका छन् ।

इरानले सुलेमानीको हत्यामा जिम्मेवार भएकाहरुसँग बदला लिने चेतावनी दिएपछि ट्रम्पको प्रतित्रिया सार्वजनिक भएको हो । सुलेमानीको मृत्युपछि इरान र अमेरिकाबीच चुलिएको तनाव अझै बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस्तो अवस्थामा अमेरिकाले सावधानी अपनाउन भन्दै मध्यपूर्वमा थप ३ हजार सैनिक पठाइने बताएको छ ।

यसैबीच इराकी सरकारी टेलिभिजनले सुलेमानी मारिएको २४ घण्टापछि शनिबार विहान बग्दादमा हवाई आक्रमण भएको जनाएको छ । इरान समर्थित इराकी लडाकूलाई लक्षित गरेर भएको यो आक्रमणमा ५ नाम मारिएको बताइएको छ ।

इरान र अमेरिकाबीचको तनावमा च्यापिएको इराकको संसद्ले आइतबार आपत्कालीन बैठक डाकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);