पाकिस्तानमा बस र ट्रक ठोक्किदा ३० जनाको मृत्यु, ४० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पाकिस्तानमा बस र ट्रक ठोक्किदा ३० जनाको मृत्यु, ४० जना घाइते

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक एकआपसमा ठोकिदा ३० जनाको मृत्यु भएको छ

दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । मृत्यु भएका अधिकांश श्रमिक छन् । बस सियाल्कोटबाट राजनपुरका लागि प्रस्थान गरेको थियो ।

इद–उल–अजहा मनाउन बिदामा घर फर्किन लागेका श्रमिक चढेको बस राजमार्गको तौन्सा बाइपास नजिक सोमबार ट्रकसँग ठोकिन पुगेको हो ।

४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको बताइएको छ । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा रहेको छ ।

दुर्घटना लगत्तै घाइतेलाई नजिकको अस्पतालमा पु-याइएकोमा १८ जनालाई तत्कालै मृत घोषित गरिएको अनतर्राष्ट्रिय समाचार सस्थाहरुले जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);