बंगलादेशको पूर्वप्रधानमन्त्री खालिदाजियालाई गिरफ्तार गर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेशको पूर्वप्रधानमन्त्री खालिदाजियालाई गिरफ्तार गर्न आदेश

एजेन्सी, १४ फागुन । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री खालिदाजियालाई गिरफ्तार गर्न आदेश दिए्पछि सनसनी मच्चिएको छ । सार्वजनिक सवारीमा आगजनी गरेका दोषीलाई जोगाएको आरोपमा खालिदासहित उनको पार्टी नेसनलिष्ट पार्टीका ४८ नेताविरुद्ध गिरफ्तारिको आदेश जारी भएपछि बंगलादेशमा खैलाबैला मच्चिएको हो ।

बंगलादेशको कोमिला अदालतले पूर्वप्रधानमन्त्री खालिदाजियालाई गिरफ्तार गर्न आदेश दिएको छ । कोमिला अदालतका वरिष्ठ न्यायाधीश जोयनव वेगमको एकल इजलासले पूर्वप्रधानमन्त्री खालिदाजियालाई पक्राउ गर्न प्रहरीलाई २४ अप्रिलसम्मको समय दिएको छ । खालिदासँगै बंगलादेश नेसनलिष्ट पार्टीका अन्य ४८ जनालाई पनि गिरफ्तारिका लागि तत्काल वारेन्ट जारी गर्न अदालतको आदेशमा भनिएको छ ।

खालिदा र बाँकी ४८ नेता सन् २०१५मा सार्वजनिक बसमा आगजनी गरिएको घट्नामा संलग्न रहेको आरोप छ । उक्त घटनाका बेला एक यात्रु बसमा आगजनी हुँदा ८ जनाले ज्यान गुमाएका थिए । यसअघि अदालतले जनवरी– तारिखका दिन पाँच दर्जनभन्दा बढी व्यक्ति विरुद्ध चार्जसिट स्वीकार गरेको थियो ।

तर तिनीहरु अदालतमा उपस्थित नभएपछि बंगलादेश नेशनलिष्ट पार्टीका प्रमुख खालिदाजिया र उक्त पार्टीका अन्य व्यक्ति विरुद्ध वारेन्ट जारी गरेको हो । चार्जसिटमा खालिदालाई पनि दोषी किटान गरिएको थियो । बंगलादेशको दुईपटक प्रधानमन्त्री बनिसकेकी खालिदा जिया बंगलादेश नेशनलिष्ट पार्टीकी प्रमुख हुन् ।

उनको पहिलो कार्यकाल सन् १९९१ देखि १९९६ सम्म र दोस्रो कार्यकाल २००१ देखि २००६ सम्म रहेको थियो । ४० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रीय खालिदा राजनीतिक मुद्धामा कैयौ पटक जेल गइसकेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);