साउदी अरबका राजाद्वारा उच्च सैन्य अधिकारी बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउदी अरबका राजाद्वारा उच्च सैन्य अधिकारी बर्खास्त

एजेन्सी, १५ फागुन । साउदी अरबका राजा सलमानले सेना प्रमुख सहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेका  छन् । शाही निर्णय अन्तर्गत हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हो ।

साउदी राजा सलमानको पछिल्लो कदमबारे साउदी सरकारले कुनै प्रतिक्रिया दिएको छैन । यमनमा युद्धको तेस्रो वर्ष अन्त्य हुनैलाग्दा त्यही युद्धको नेतृत्व गरिरहेका सेनाका अधिकारीहरु हटाइएका छन् । साउदी अरेबियामा हालै भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानको भूमिका मुख्य रहेको अनुमान गरिएको छ ।

साउदी सेनाका उच्च अधिकारी हटाइए पनि उनीहरुको स्थानमा नयाँ व्यक्तिलाई जिम्मेवारी भने दिइएको छैन । शाही निर्णयअन्तर्गत राजनीतिक नियुक्तिको घोषणाहरू पनि भएको छ । श्रम तथा समाज विकास उपमन्त्रीका रूपमा एक जना महिला नेतृलाई नियुक्त गरिएको छ । साउदीमा महिलालाई दिइएको यो नै उच्च पद हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);