राष्ट्रसंघको मानव अधिकार परिषद्‍मा नेपाल पुन:निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रसंघको मानव अधिकार परिषद्‍मा नेपाल पुन:निर्वाचित


काठमाडौं, २८ असोज । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा दोस्रोपटक निर्वाचित भएको छ । राष्ट्रसंघ मुख्यालयमा गएको गोप्य मतदानमा नेपालले १ सय ५० मत ल्याएर सन् २०२१ देखि २०२३ सम्मका लागि नेपाल राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा निर्वाचित भएको हो ।

नेपाल सन् २०१८ देखि सो परिषदको सदस्य रहँदै आएको छ । नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रको निर्वाचन भने बिना प्रतिस्पर्धा भएको थियो ।

सन् २०१७ मा भएको निर्वाचनमा नेपालले १ सय ६६ मत प्राप्त गरेको थियो, जुन एसिया प्रशान्त क्षेत्रकै सबैभन्दा बढी मत थियो । यसपटक एसिया प्रशान्त क्षेत्रबाट पाकिस्तानले सबैभन्दा बढी १ सय ६९ उजबेकिस्तानले १ सय ६४, नेपालले १ सय ५० र चीनले १ सय ३९ भोट प्राप्त गरेका छन् ।

राष्ट्र संघीय मानव अधिकार परिषदको स्थापना सन् २००६ मा भएको हो, जसको उद्देश्य संसारभरि मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु हो । परिषदमा ४७ सदस्य रहन्छन् । परिषदमा निर्वाचित हुनुको अर्थ निश्चय नै नेपालले मानव अधिकारको क्षेत्रमा पछिल्ला वर्षहरुमा गरेको सुधारको प्रतिफल नै हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);