मिसावट देखिएपछि १६ लाख डोज मोडेर्ना खोप रद्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मिसावट देखिएपछि १६ लाख डोज मोडेर्ना खोप रद्द

एजेन्सी । मिसावटको जोखिम देखाउँदै जापान सरकारले १६ लाख डोज मोडेर्ना खोप रद्द गरेको छ । ५ लाख ६० हजार डोजमा मिसावटको आशंका पछि १६ लाखभन्दा बढी खोप रद्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोडेर्नाले जापानमा खोप विक्री तथा वितरण गर्दै आएको ताकेदा फार्माक्युटिकल कम्पनीलाई यसअघि नै साबधानी अप्नाउन भन्दै केही थान खोप होल्ड गर्न अनुरोध गरेको थियो । तर, मोडेर्नाले खोपको प्रभावकारिता र सुरक्षासम्बन्धी कुनै समस्या देखा नपरेको दाबी गरेको छ ।

मिसावटबारे चाँडै नै ताकेदा र अन्य नियामक कम्पनीसँग मिलेर अनुसन्धान गर्ने मोडेर्नाले जनाएको छ । खोपमा के मिसावट भएको थियो भन्ने बारेमा केही खुलेको छैन्, तर ताकेदाले ‘विषय बस्तु’ भन्दै आपतकालिन परीक्षण गरेको जनाएको छ ।

जापानको टाइम्स पत्रिकाका अनुसार अन्य सात ओटा खोप केन्द्रमा पनि मिसावट देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);