प्रचण्डद्धारा गणतन्त्र विरोधी विरुद्ध प्रतिवादमा उत्रिन युवा, विद्यार्थीहरुलाई आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

प्रचण्डद्धारा गणतन्त्र विरोधी विरुद्ध प्रतिवादमा उत्रिन युवा, विद्यार्थीहरुलाई आह्वान

prachanda

काठमाडौं, ३० भदौ । कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र विरोधी तत्वहरु विरुद्ध प्रतिवादमा उत्र्न पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गर्नु भएको छ । सोमबार नेकपाका नेता पोष्टबहादुर बोगटीको पाँचौ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो आग्रह गर्नुभएको हो ।post bahadur bogati

उहाँले हजारौं सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त परिवर्तन विरुद्ध केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम फैल्याउने प्रयास गरिरहेको दाबी गर्नुभयो । दाहालले त्यसप्रति सचेत रहन सिंगो पार्टी पंक्ति लगायत सबैसंग आग्रह गर्नु भयो ।

दाहालले नेता बोगटीलाई निष्ठावान नेताको रुपमा चित्रण गर्दै उहाँले देखाएको बाटोबाटै परिवर्तनलाई सार्थक बनाउन सकिने उल्लेख भयो ।

ताजा समाचार