अचेत अवस्थामा फेला परेका देव परियारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

अचेत अवस्थामा फेला परेका देव परियारको मृत्यु

दार्चुला, २२ जेठ । घाइते भइ अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उप म न पा–१९ का अन्दाजी वर्ष ३५ का देव परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुला का अनुसार मृतक देव परियार शनिबार राति २:३० बजे महाकाली न पा ४ बस पार्क को टिकट काउन्टर नजिक घाइते भइ अचेत अवस्थामा फेला परेका थिए ।  परियार को टाउकोमा गम्भिर चोट लागेको र जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको हो।

उनी शनिबार बस पार्क नजिक सुवास होटल एण्ड लजमा बास बसेको र उनिसँगै एउटै कोठामा बास बसेका ४ जनालार्इ हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनी दार्चुलामा ज्यालादारीमा काम गरिरहेको खुल्न आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);