धरानमा २ टाउको र ४ हातसहितको अनौठो बच्चा जन्मियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धरानमा २ टाउको र ४ हातसहितको अनौठो बच्चा जन्मियो

धरान १४ पुस। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले चार हात, दुई टाउको भएको अनौठो शिशुलाई जन्म दिएकि छिन् । उनी गत मंगलबार स्त्री रोग तथा प्रतिष्ठानको प्रसूती विभागमा भर्ना भएकी थिईन ।

प्रसुति गराउँन असज भएपछि तत्कालै शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुई खुट्टा भएको बच्चा निकालिएको थियो । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा संलग्न चिकित्सक र नर्सहरुसमेत छक्क परेका थिए । बच्चा हेर्नेको भीड लागेको थियो ।

इनरुवा नगरपालिका ८ का चन्द्रनारायण मण्डल र सोनम मण्डल दम्पतीका छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुइ टाउको, दुइ खुट्टा र एउटै यौनाङ्ग भएको शिशु जन्मेको प्रतिष्ठानका चिकित्सक डा। सूर्यप्रसाद रिमालले जानकारी दिए । नवजात शिशु स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

स्वासप्रस्वासमा समस्या देखिए पछि मण्डल दम्पतीलाई बच्चाको स्वासप्रस्वासलाई सहज बनाउन मुखमा नली लगाउनु पर्छ भन्दा नलगाउने घर लाने भनेका थिए । पछि समस्या भएको चिकित्सकले जनाएका छन् ।

दम्पतिका अनुसार, इटहरीको एक क्लिनिकमा स्वास्थ्य जाँच गराउदा बच्चाको समस्याबारे कुनै जानकारी नदिएको बताए । बच्चा सामान्य भएको जानकारी दिएको उनका बाबु चन्द्र नारायण मण्डलले बताए । गर्भ अवस्थामा स्वास्थ्य जाँच गराउँदा बच्चाको अवस्था, लिङगबारे जानकारी हुन्छ । लिङगबारे चिकित्सकहरुले गोप्य राखे पनि अन्य बच्चाको अवस्थाबारे अभिभावकले जानकारी पाउने अधिकार हुन्छ ।

यस्तो अवस्थाको शिशु विरलै जन्मने चिकित्सक बताउँछन । गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ । त्यसरी बनेको नर्मल जाइगोटबाट भु्रण बनेर बच्चाको विकास हुन्छ । तर, कहिलेकाहीं विरलै अवस्थामा छुट्दा जुम्ल्याहा हुन्छन् । र, जाइगोट बनेको १३ दिन पछाडि छुट्यो भने टासिन पुग्छन् । यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा यस्तो हुने चिकित्सले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);