कोभिड–१९ विरुद्धको खोप बिहीबार नै काठमाडौं आइपुग्ने सरकारकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोभिड–१९ विरुद्धको खोप बिहीबार नै काठमाडौं आइपुग्ने सरकारकाे दाबी

काठमाडाैं, ७ माघ । कोभिड–१९ विरुद्धको खोप बिहीबार नै काठमाडौं आइपुग्ने पक्कापक्की भएको सरकारी उच्च स्रोतले दाबी गरेको छ । भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको खोप बारे बुधबार स्वास्थ्यमन्त्री ह्दयेस त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्ने बताईएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले भारतले दिन लागेको खोप बारे बुधबार पत्रकार सम्मेलन गर्दे थप जानकारी दिन दिन हनेु भएको भएको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा बेलायती औषधि निर्माता कम्पनीले संयुक्त रुपमा विकास गरेको ’एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो । उच्च सरकारी स्रोतका अनुसार नेपालले फ्रन्टलाइनरसहित कम्तिमा ७० वर्ष माथिका १२ लाख जनसंख्यालाई पुग्ने गरेर खोप दिन आग्रह गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);