तीन महिनाभित्र बाढी-पहिरोमा परी तीन सयको मृत्यु, ५१ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

तीन महिनाभित्र बाढी-पहिरोमा परी तीन सयको मृत्यु, ५१ बेपत्ता

flood badi

फूलमाया आले
काठमाडौं, १९ असार । हरेक वर्षजस्तै यो वर्ष पनि बाढी र पहिरोले क्षति गर्ने क्रम उस्तै छ । गत बैशाखदेखि असार १८ गतेसम्म बाढी, पहिरोमा परी झण्डै तीन सय जनाको मृत्यु भएको छ । यद्यपि, विपत व्यवस्थापनका लागि सरकारको तयारी अझै पुग्दो छैन ।

राष्ट्रिय आपतकालिन उद्धार सञ्चालन केन्द्रका अनुसार यस वर्षको वैशाखदेखि असार १८ गतेसम्म विभिन्न जिल्लामा बाढी पहिरोलगायत प्राकृतिक प्रकोपमा २ सय ९६ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन् । यो अवधिमा बाढी पहिरोजस्ता घट्नामा २ हजार १ सय २९ जना घाइते भएका छन् भने २ हजार ८ सय ४ घरपरिवार प्रभावित भएका छन् । बाढी पहिरोबाट ६७ करोड ५७ लाख ८७ हजार ३ सय ८२ रुपैयाँ बराबरको भौतिक क्षति भएको केन्द्रले जनाएको छ ।

गृह मन्त्रालयले एक वर्षअघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ जारी गरेको थियो । तर, विपदको जोखिम घट्नुको साटो बढ्दै गएको छ । विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहँदा पनि बाढी पहिरोजस्ता घट्नाबाट क्षति हुने क्रम बढिरहेको तथ्याङ्कले देखाउँछ । सरकारले बाढी पहिरोजस्ता जोखिम न्युनीकरण र राहत तथा उद्धारका लागि देशको सम्पूर्ण स्थानीय तह तथा सम्बन्धित संघ संस्थासँग समन्वय गरी सबैखाले उपाय र रणनीति लागू गर्ने जनाएको छ ।

केन्द्रको विगत ७ वर्षको तथ्याङ्कका आधारमा बाढी, पहिरोलगायत विभिन्न विपदबाट गत २०७४ सालमा बाढी ५ सय ९७ जनाको मृत्यु भएको थियो भने २०७३ सालमा ४ सय ८३ जना, २०७२ सालमा ९ हजार २ सय ७९ जना, २०७१ सालमा ५ सय ३९ जना, २०७० सालमा ४ सय १७ जना, २०६९ सालमा ३ सय ९९ जना, र २०६८ सालमा ५ सय १९ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

badi-pahiro

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);