आफुले गरेको विकास, बिरोधी लाई पचेन : मेयर बिष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

आफुले गरेको विकास, बिरोधी लाई पचेन : मेयर बिष्ट

major bista

सुशील भण्डारी
अछाम, ११ असार
। अछामको कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टले आफुले सार्वजनिक जग्गा कब्जा नगरेको बताएका छन । उक्त जग्गा २०४५ सालमा नरिभाने कामीबाट किनेको उहाँको दाबी छ ।

पहिला पनि मुद्दा परेको र प्रशासनलाई सबै कागजात बुझाई सकेको र लालपुर्जा आफ्नै नाम रहेको उनको भनाई छ । आफुले बिकासका नयाँ नँया योजनाहरु बनाउदा विकास गरिरहेको देखेर आफ्नो बेइज्जत गराउन झुट्टा आरोप लगाउने गरेको उनको भनाई छ । आफुले गरेको बिकाश, विकास बिरोधी लाई नपचेको उनको तर्क छ ।

मेयर बिष्टले कमलबजार नगरापालीका भित्र रहेका बिकाश निमार्णका योजनहरु लाई तिब्र रुपमा अगाढि बढाउदै आईरहनु भएको छ । कमलबजार नगरपालीकालाई अछाम जिल्लाकै नमुना नगरपालीका बनाउनका लागी बिभीन्न कीसिमका नँया योजनाहरु ल्याएको उनको भनाई छ । साथै बिष्टले आफूले कुनै पनी सार्वजनिक जग्गा कब्जा नगरेको यदि गरेको भए गल्ती को सजाय भोग्न तयार रहेको उनले बताए ।

मेयर बिष्टले बिभिन्न सञ्चार माध्यामहरु ,अनलाईन पत्रिका र सामाजिक संजालहरुमा झुटो समाचार लेखेर आफ्नो चरित्र हत्या गर्न खोज्ने बिरुद्ध मानहानीको मुद्दा हाल्ने तयारी गरेको समेत मेयर बिष्टले बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);