सरकारद्वारा मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदारको म्याद तीन महिना थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सरकारद्वारा मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदारको म्याद तीन महिना थप

melamchi_ooAkAXsz7z

काठमाडौं, ११ असार । सरकारले मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार कम्पनीको म्याद थप गरेको छ ।

खानेपानी मन्त्रालयले असोज मसान्तसम्म सुन्दरीजलमा पानी ल्याउने शर्तमा सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको हो । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलले असोज मसान्तसम्म सुन्दरीजलमा पानी खसाल्न ठेकेदार कम्पनी सहमत भएका कारण म्याद थप गरिएको बताए ।

पूर्वसहमतिअनुसार ठेकेदार कम्पनीले आगामी साउन मसान्तसम्म सुन्दरीजलमा पानी ल्याउनुपर्ने थियो । सिएमसीले तोकिएबमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई आयोजनामा किन ढिलाई भएको हो ? भन्ने प्रश्नसहित गत जेठ १८ गते १५ दिनको म्याद राखेर पत्राचार गरेको थियो । इटालीबाट नेपाल आएको ठेकेदार कम्पनीको नेतृत्वसामु सरकारले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो ।

चेतावनीपछि ठेकेदार कम्पनी असोज मसान्तसम्म सुन्दरीजलमा मेलम्चीको पानी खसाल्न तयार भएको हो । २७ किलोमिटर लामो सुरुङ खन्ने काम गत चैत २७ गते सम्पन्न भएकामा ठेकेदार कम्पनीले आफूले तोकिएभन्दा बढी काम गरेको भन्दै एक अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो ।

सरकारले परामर्शदाताको सिफारिशमा २८ करोड थप रकम समेत दिइसकेको छ । ठेकेदार कम्पनीले सरकारबाट हालसम्म सात अर्ब ८० करोड भुक्तानी लिइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);