दिगो विकास समितिद्वारा सुन्दरीजलको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दिगो विकास समितिद्वारा सुन्दरीजलको अनुगमन

काठमाडौं, ६ फागुन । सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका छन् ।

महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुग्दा समेत आयोजनाले त्यसको संरक्षणमा कुनै चासो देखाएको छैन् । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका करोडौं मूल्यका उपकरणहरु लामो समय ठेक्का नलाग्दा र नयाँ कम्पनीले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् । जसका कारण राज्यलाई कारोडौं रुपैयाँ नोक्सानी भएको छ ।

कारोडौं रुपैयाँ मूल्य पर्ने उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएका कारण उपकरणहरु अलपत्र परेका हुन् । तर यसको संरक्षण र प्रयोगमा आयोजनाले कुनै चासो देखाएको छैन् ।


निकै विवाद रहँदै निर्माण कार्य अगाडि बढिरहेको मेलम्ची खानेपानी आयोजनामा यसअघी काम गरेको इटालियन कम्पनीले प्रयोग गरेका उपकरणहरु हुन यी । तर लामो समय ठेक्का लगाउन नसक्नु र नयाँ कम्पनी सिनो हाइड्रेले यी उपकरणहरुको प्रयोग नगर्दा राज्यलाई कारोडौ रुपैयाँ नोक्सानी भएको छ ।

तरपनि सरकारले यस बारेमा कुनै चाँसो दिएको छैन् । पछिल्लो समय राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले चासो देखाएको छ । समितिले त्यस क्षेत्रमा पुगेर अनुगमन गरी ती उपकरणहरु कसको हो र किन अपलपत्र परेका हुन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।

समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले मेलम्चीमा ठुलो घाटा भइरहँदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुनेभएकाले र किन यस्तो भइरहेको छ समितिले अनुसन्धान गर्न लागेको बताउनुभयो ।


सरकारले आगामी असार सम्म मेलम्चीको खानेपानी काठमाडौंसम्म ल्याइपु¥याउने बताएको छ । गत साता खानेपानी मन्त्रालयले स्वेतपत्र जारी गर्दै असार मसान्त भित्र खानेपानी ल्याइपु¥याउने घोषणा गरेको थियो ।

तर आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई अलपत्र अवस्थामा रहनुले अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ । समिति सभापति भट्टले आगामी असार सम्म पानी ल्याउने लक्ष्य सरकारको रहेको तर यस्ता उपकरणको प्रयोगमा ध्यान नदिई लागत बढाउने काम भइरहेको भन्दै समितिले अनुसन्धान गरी सरकारलाई निर्देशन दिने बताउनुभयो । उहाँले अलपत्र परेका उपकरणहरु जसको भएपनि संरक्षण गर्नुपर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।


मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ । आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ ।

आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले पुनः चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो ।

तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ । जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ । करोडौं मूल्य पर्ने यी उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुगेपछि राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत आइतबार अनुगमन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);