संसदमा गगन थापाको स्वस्थानी कथा 'गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

संसदमा गगन थापाको स्वस्थानी कथा ‘गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु’

काठमाडौं, ६ फागुन । सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि संसदमा व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् ।

इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्तानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रथम् अध्याए धन्यवाद ।’

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);