पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु

काठमाडौं,१२ पुस। पोखरा रंगशालाको पुरानो संरचना भत्काउन सुरु भएको छ ।

पोखरा रंगशालाको फुटवल ग्राउण्ड नयाँ बन्ने भएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा गठित भीम शर्मा संयोजकत्वको समितिले बुधबारदेखी पुरानो संरचना भत्काउन लगाएको हो ।

पोखरा रंगशाला भत्काउने जिम्मा जेभिए कन्सट्रक्सन काठमाडौंले लिएको छ । डेढ महिनामा भत्काइसक्ने गरी जेभिए कन्सट्रक्सन प्रालिलाई ४२ लाखमा भत्काउने जिम्मा दिइएको अध्यक्ष पौडेलले बताए । उनले भने,बढीमा डेढ महिनामा भत्काईसक्ने गरी सम्झौता भएको छ, तर हाम्रो आग्रह भनेको जतिसक्दो चाँडो भत्काई सकोस् भन्ने हो ।’

बुधबार विहानदेखि फुटवल मैदानको पूर्व पट्टीको दर्शक बस्ने प्याराफिट भत्काउन सुरु गरिएको छ ।

दर्शक बस्ने प्याराफिट भत्काईसकेपछि पश्चिम पट्टीको पाहुना बस्ने भिआइपी प्याराफिट भत्काउन सुरु गर्ने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

प्याराफिट भत्काउन हाल १० जना मजदुर खटिएका छन् । डोजरको प्रयोग बिनानै मजदुर प्रयोग गरेर प्याराफिट भत्काउने काम भइरहेको छ ।

करिब ४ हजार दर्शक अटाउने क्षमताको पोखरा रंगशालाको फुटवल हेर्ने दर्शक प्याराफिट २०३८ सालमा निर्माण गरिएको थियो ।

२०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट रंगशालाको दर्शक प्याराफिट चर्किएर जोखिमयु्क्त भएको र भिआइपी प्याराफिट बस्नै नमिल्ने भएर भत्किएपछि रातो स्टिकर टाँसिएको थियो ।

यद्वपी रातो स्टिकर टाँसेपनि त्यहाँ ठूलठूला फुटवल प्रतियोतियोगिता हुँदा भिआइपी र दर्शक प्याराफिट दुबैमा क्षमता भन्दा पनि बढी दर्शक बस्ने गरेका थिए । जुन जोखिमयुक्त मानिदै आएको थियो ।