बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुने

बाँके, १ चैत। बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ । एन्फाले फुटबलको विकासको लागि ईतिहाँसमै पहिलोपटक मोफसल नेपालगन्जमा फुटबल लिग गर्न लागेको हो ।

मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ को आयोजना गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताउनु भयो ।

प्रसिडेन्ट लिगको शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । प्रतियोगिता चैत २ गते सुरु भई १५ गते समापन हुने तय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);