च्याम्पियन्स लिगमा चेल्सीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

च्याम्पियन्स लिगमा चेल्सीको सहज जित

एजेन्सी, २६ चैत । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ ।

बुधबार राति सम्पन्न खेलमा चेल्सीले पोर्टोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक÷एक गोल गरे । खेलको ३२ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५ औं मिनेट चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);