ललितपुर मेयर्स कप क्रिकेटः एपिएफ र सुदूरपश्चिमको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर मेयर्स कप क्रिकेटः एपिएफ र सुदूरपश्चिमको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली एपिएफ क्लव र सुदूरपश्चिम प्रदेशले बिहीवारबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी शुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा नेपाल एपीएफ क्लवले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । मधेस प्रदेशले दिएको ५९ रनको लक्ष्य एपिएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गरेको हो । अविजत पारी खेल्ने क्रममा एपीएफका लागि कप्तान सीता राना मगरले ४५ र ज्योती पाण्डेले ८ रन बटुल्दै साथ दिइन् । सीताले ३६ बलको सामना गर्दा ९ चौका प्रहार गरेकी थिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस १९.४ ओभर समेटियो । एपिएफको कसिलो बलिङ सामु निरिह बनेको मधेसका लागि साना प्रविनले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । एपीएफका लागि सोनु खड्काले ४ र सीता राना ३ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बिहीवार नै उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित ग¥यो । सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेलेपछि सुदूरपश्चिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८६ रन बनायो । कसिलो बलिङसामु खुलेर खेल्न नसेकको ललितपुरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २५ तथा हेलिसा गुरुङले १९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै कञ्चन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सुदूरपश्चिमका लागि रितु कौनोजियाले २ विकेट लिईन भने पाँच खेलाडी रन आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ योगफल बनाएको थियो । सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले । ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हिर्काएका थिइन् । उनका अलावा कविता जोशीले अविजित २७ रनको पारी खेल्दा रुवि पोदारले २८ रन, कप्तान विन्दु रावलले १८ रन तथा रेवती धामी शुन्य रनमा पवेलियन फर्किएकी थिइन् । ललितपुरका कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिए ।

गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा स्थान बनाएका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लव र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले जारी प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन् । लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा शुक्रवार पनि दुई खेले हुनेछन् । दिनको पहिलो खेल ९ बजे सुदूरपश्चिम र एपिएफ क्लव तथा १ बजे कोशी र ललितपुर मेयर्स–११ बीच कीर्तिपुर मैदानमा प्रतिष्पर्धा हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);