पोखरा र ललितपुरबीचको खेल जारी, सात ओभरमा छाेट्याइयाे खेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पोखरा र ललितपुरबीचको खेल जारी, सात ओभरमा छाेट्याइयाे खेल

काठमाडौं । वर्षाका कारण मैदान ओसिलो भई टस ढिलो हुँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार तय पहिलो खेल सात ओभरमा छोट्याइएको छ ।

लगातारकाे वर्षाले मैदानको आउट फिल्ड पूर्ण रूपमा भिजेकाले बुधबारलाई तय भएको पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको खेल सात ओभरमा झारिएको हो । मैदान ओसिलो भएकै कारण १२ बजे मात्रै टस भएको थियो । 

खेलमा टस जितेर विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले कुशल भुर्तेलको  कप्तानीमा रहेको ललितपुरले ब्याटिङ गरिरहेकाे छ ।

यस अघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाको कारण अवरुद्ध भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);