त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्स प्रमाणपत्र हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्स प्रमाणपत्र हस्तान्तरण

काठमाडौ. १५ पुष । अखिल नेपाल फुटबल संघ एन्फाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ एएफसीको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

बुधबार आर्मी मुख्यालयमा एककार्यक्रममा एन्फाका अध्यक्ष अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्तराष्ट्रिय फुटबल महासंघ फिफा र एएफसीको सबै मापदण्ड पुरा गरी पाएको क्लव लाइसेन्सको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।

एएफसीले गत मंगलबार त्रिभुवन आर्र्मी क्लबलाई क्लब लाइसेन्स दिने निर्णय गरेको थियो । लाइसेन्स पाएसंगै त्रिभुवन आर्मी क्लब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पहिलो र एकमात्र क्लब हुने छ ।

आर्मी क्लबले एसियाकै ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्न पाउने छ । गत वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ ।

एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);