श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण

dengue

काठमाडौं, २२ मंसिर । नयाँ पत्रिका दैनिकमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण भएको समाचार छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याइएको थियो । डेङ्गु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथ्लेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । बिरामी हुनेमा धेरैजसो एथ्लेटिक्सका खेलाडी रहेको श्रीलङ्काली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);