बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

नेपालद्वारा बंगलादेश १-० गोल अन्तरले पराजित

काठमाडौं, २२ मंसिर । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो । कप्तान जमल भुइयाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा अन्तिम केहि मिनेट बंगलादेशले १० खेलाडीमा खेलेको थियो ।

जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपाल लगातार तेस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो । बंगलादेशले भने अब तेस्रो स्थानको लागि खेल्नेछ ।

अब नेपालले स्वर्णका लागि भुटानसँग मंसिर २४ गते खेल्नेछ । भुटान समूहको दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । भुटानले ९ अंक जोड्यो । नेपाल साविक विजेता समेत हो । नेपालले भारतमा भएको १२ औं सागको उपाधि जितेको थियो । महिला फुटबलमा पनि नेपाल फाइनलमा पुगिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);