सागमा अहिलेसम्म नेपाललाई २७ वटा स्वर्ण पदक प्राप्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सागमा अहिलेसम्म नेपाललाई २७ वटा स्वर्ण पदक प्राप्त

santoshi-Shrestha

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २७ वटा स्वर्ण पदक जितेको छ । बुधबार भएको खेलमा कराते तर्फ अनुपमा मगर र उसुका दीपक हमालले स्वर्ण जितेका छन् भने साइक्लिङको डाउन हिलमा २ वटा स्वर्ण हात पारेको छ ।

साईक्लिङको पुरुष तर्फ राजेश मगर महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । बुधबार ४ वटा स्वर्ण पदक जितेसंगै अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या २७ पुगेको हो । यस अघि मंगलबारसम्म नेपालले २३ स्वर्ण पदक जितेको थियो । यसैगरी नेपालले ९ रजत र १३ कास्यपदक जितेको छ ।

त्यसैगरी पछिल्लो पदक तालिका अनुसार अहिलेसम्म भारतले १३, स्वर्णपदक जितेर दोश्रो भएको छ भने श्रीलंकाले र पाकिस्तानले ५–५ र बंगलादेशले ४ तथा माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले भने ३ कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);