यू-१५ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ७-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यू-१५ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ७-० ले पराजित

काठमाडौं, १४ भदौ । नेपाललाई पराजित गर्दै पाचौं संस्करणको साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतको कल्याणी रङगशालामा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा ३–० ले पछाडी रहेको नेपाल दोस्रो हाफमा पनि खराब प्रदर्शन गर्दै ४ गोल खान पुग्यो । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधिबाट बञ्चित बनेको छ ।

भारतले भने तेस्रो पटक उपाधि जित्न सफल भयो । यसअघि भारत सन् २०१३ र २०१७ मा च्याम्पियन बनेको थियो । भारतले दुबै पटक उपाधि हात पार्दा नेपाल दोस्रो भएको हो ।

भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक गरेका छन् । यस्तै, महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह हिमांश जंग्राले एक एक गोल गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);