माटोको दियो र फुल मालाको व्यापारमा कमि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

माटोको दियो र फुल मालाको व्यापारमा कमि

पर्सा,३० कार्तिक। पर्सामा तिहारको समयमा बजारमा चहलपहल बढेको भएपनि कोरोना महामारीका कारण माटोको दियो र फुल मालाको व्यापारमा यस वर्ष कमि आएको छ । आधुनिकीकरणसंगै फुलबुट्टासहितको माटोको दियो बजारमा अाए सँगै माटोको दियो बनाउने कुम्हाल समुदायको व्यापार समेत ओझेलमा परेकोे छ ।

विगतमा दिपावली तथा छठ पर्वको समयमा माटोको दियो र विभिन्न किसिमका फुलहरूबाट घरलाई सजाउनुको साथै विभिन्न पूजा स्थलमा माटोको दियोमा बत्ति बाल्ने गरिन्थ्यो । तर केही समय यता भारतबाट प्लास्टीकका फुलबुट्टे दियोहरु आयात हुन थालेपछि स्वदेशी उत्पादनले भन्दा विदेशी उत्पादनले महत्व पाउन थालेको छ ।

जसका कारण स्वदेशमा उत्पादित दियो ओझेलमा पर्दै गएको व्यापारीहरुको गुनासो छ । पर्साको ग्रामीण क्षेत्रका अधिकांश कुम्हाल समुदायका व्यक्तिहरु माटोका भाँडा बनाएर वीरगन्ज बजारमा विक्री गर्न पुग्ने गर्दछन् । तर व्यपारीहरुबाट यस वर्ष वीरगन्ज महानगरपालिका र ठेकदारहरूले अनावश्यक रूपमा पैसा उठाउन थालेपछि आफुहरू मारमा परेको गुनासो गरेका छन् ।

माटोबाट निर्माण हुने सामाग्रीहरुको बजार ब्यवस्थापन गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ । साथै यो पेशामा आवद्ध कुम्हाल समुदायका व्यक्तिहरुलाई पेशाप्रति थप आकर्षित र आत्मनिर्भर बनाउन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);