माधवकुमार नेपाल निकट अनेरास्ववियुद्धारा गृहमन्त्री खाँणको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माधवकुमार नेपाल निकट अनेरास्ववियुद्धारा गृहमन्त्री खाँणको पुत्ला दहन

balkrishna khad

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । सत्तारुढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नर्गन विज्ञप्ति जारी गरेको भन्दै सोमबार खाँणको पुत्ला दहन गरेको हो । अनेरास्ववियू विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मीनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाह विरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गरे । उनले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरुकै समर्थनमा प्रधानमन्त्री बनेको भएपनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसीसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे । प्रदर्शनमा गृहमन्त्री राजिनामा दे, एमसीसी खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भनि नाराबाजी समेत गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);