पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र

pokhara airport

पोखरा, २७ पुस । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भैरहेको विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको पोखरा क्षेत्रीय अन्तर्रा्िष्ट्रय विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा भइरहेको छ । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी द्रुतस्तरमा काम भइरहेका आयोजनाका सिनियर अफिसर ईन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय उड्यान संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७ सय ५७ र एयरबस ३ सय २० वा सो सरहका जहाज उडान तथा अवतरण गर्न सक्नेछन् । दुई हजार पाँच सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता एक सय ९२ हाराहारीमा हुनेछ ।

हाल विमानस्थलमा एक सय चिनियाँ र तीन सय नेपाली मजदुर गरी चार सय जनाले काम गरिरहेका छन् । विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने वहानामा गुणस्तरमा सम्झौता नहुन आयोजनाका सिनियर अफिसर ईन्जिनियर कृष्णप्रसाद पौडेलले बताए ।

पोखरा महानगरपालिका १० र १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले सन् २०१४ मे १२ मा विमानस्थल निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);