हिमालयन बैंकमा चिप र पिन प्रविधि युक्त मास्टर डेबिड कार्डकाे सुरूवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हिमालयन बैंकमा चिप र पिन प्रविधि युक्त मास्टर डेबिड कार्डकाे सुरूवात

Himalayan-Bank

काठमाडौं, २७ पुस । हिमालयन बैंकले अत्याधुनिक सुरक्षित चिप र पिन प्रविधि युक्त मास्टर डेबिड कार्डको सेवा शुक्रवारवाट सुभारम्भ गरेको छ ।

ग्राहकको खातावाट एटिएम मार्फत रकम निकाल्दा सुरक्षित राख्ने उद्देश्यले हिमालयन बैंकले मास्टर डेविट कार्डको शुभारम्भ गरेको जनाएको छ । मास्टर कार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा अन्य विभिन्न बैंकहरुवाट २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

बैंकले नया खाता खोल्ने ग्राहकहरुका लागि डेविट कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । मास्टर कार्ड भएका ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि मेसिनमा प्रयोग गरि सामान खरिद गरेमा आर्कषक नगद फिर्ता पाउने समेत बैकले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);