हिमालयन बैंकले ल्यायो मास्टरकार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

हिमालयन बैंकले ल्यायो मास्टरकार्ड

Himalayan-Bank

काठमाडौं, २९ पुस । हिमालयन बैंकले आफ्ना ग्राहकहरुकालागि मास्टरकार्ड डेबिट कार्ड ल्याएको छ । सो कार्ड अहिले प्रयोगमा आइरहेको कार्डको तुलनामा अत्याधुनिक तथा थप सुरक्षित हुने बैंकले जानकारी दिएको छ । शुक्रवार बैंकले औपचारिक कार्यक्रम गरी मास्टरकार्ड डेबिट कार्डको शुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका दक्षिण एशिया क्षेत्रिय प्रमुख पोरुष सिंहको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

बैंकले मास्टरकार्डको सहकार्यमा यस प्रकारको कार्डको शुरुवात गरेको हो । यस अत्याधुनिक चिप र पिनबाट बनेको उक्त कार्ड नँया ग्राहकहरुलाई निःशुल्क प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले बताए । साथै, सोही अवसरमा यस बैंकले उक्त कार्ड प्रयोगकर्ताहरुलाई २० प्रतिशतसम्मको छुट हुने व्यवस्था गरेको छ । यो समाचार आजको अभियान पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);