मिशन डेभलपमेन्टको अध्यक्षमा टीकाराम घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मिशन डेभलपमेन्टको अध्यक्षमा टीकाराम घिमिरे

mission_dev_bank

काठमाडौं, २९ पुस । मिशन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे सर्वसम्मतले चयन भएका छन् । बैंकको पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्वाचित भएका घिमिरेलाई त्यस दिन बसेको सञ्चालकहरूको बैठकले सर्वसम्मत चयन गरेको हो । यो समाचार आजको अभियान पत्रिका दैनिकमा छ ।

सभाले घिमिरेसँगै संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अन्य तीनजनालाई निर्वाचित गरेको छ । अन्य सदस्यमा ऋषिराम पाण्डे, धर्मराज पौड्याल र लीलबहादुर केसी निर्वाचित भएका हुन् । सर्वसाधारणका तर्फबाट विद्यमान दुईजना प्राडा. राजेन्द्रप्रसाद श्रेष्ठ र डा. सूर्यबहादुर राना छन् । अध्यक्ष घिमिरेको कार्यकाल पुस २६ गतेदेखि नै लागू भएको कम्पनीले जानकारी दिएको छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);