अस्तव्यस्त लकडाउनले बढ्यो जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अस्तव्यस्त लकडाउनले बढ्यो जोखिम

lockdown ma jaam

प्रकाश जोशी

काठमाडौं, १ जेठ । लकडाउन फितलो भएको भन्दै सरकारले एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा कडाइ गर्न भनेको छ ।

तर प्रहरीप्रशासनको फितलोपनाका कारण मुलुकभित्र र बाहिरबाट आउ जाउ गर्नेक्रम अझै रोकिएको छैन । लकडाउनमा भएको चरम लापरवाहीले संक्रमण थप जोखिम बढाएको छ । लकडाउन भएको करिब दुइ महिना पुग्दैछ । लकडाउन लामो हुँदा नागरिकमा उकुमुकुस बढीरहेको छ ।

तर, संक्रमणको तथ्यांक बढीरहेको छ । लकडाउनको पूर्ण पालना नहुने हो, भने संक्रमण अझै बढ्ने निश्चित छ, भन्ने पछिल्ला आँकडाले यही दर्शाइरहेको छ । पछिल्लो समय उपत्यकामा भित्रिएकामा कोरोना संक्रमण देखिएपछि लकडाउनको विकल्प देखिएको छैन । यद्यपी स्थानीय प्रशासनको फितलोपनाकै कारण जोखिम बढेको हो जोखिम बढेपछि प्रहरी सक्रियता बढाएपनि नागरिको पनि भूमिका उत्तिकै हुने ट्राफिक प्रहरी आग्रह गर्दछ ।

उपत्यका आवागमनको कारण मात्रै संक्रमण जोखिम बढेको होइन, उपत्यकाभित्र भइरहेको लकडाउनको पालना नहुँदा पनि संक्रमण जोखिम बढेको हो । स्थानीय प्रशासनले बाँडेको जथाभावी पासकै कारण उपत्यका सामान्य अवस्थामा जस्तै भीडभाड हुन थालेको छ । संघीय सरकारले लकडाउनको पूर्ण पालना गराउन नसक्दा पनि लकडाउन उल्लंघन हुँदै गएको हो ।

संक्रमण फैलिनबाट सुरक्षित रहने अनुभव सिद्ध विधि भनेको नै लकडाउन हो । लकडाउन भएको पनि करिब दुइ महिना पुग्दै गर्दा सरकारले लकडाउनको मोडालिटीमा खासै सुधार ल्याउन सकेन भने,जारी लकडाउनलाई व्यवस्थित गर्न नसक्दा उपत्यका लगायत देशभर संक्रमणको दर बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);