८४ हजार ९ सय बढीको सकियो कोरोना परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

८४ हजार ९ सय बढीको सकियो कोरोना परीक्षण

pcr parikshan

काठमाडौं, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पिसीआर र आरडीटि दुवै बिधिबाट गरी ८४ हजार ९ सय ९१ जनाको कोरोना भाइरसको नमूना परीक्षण भएको जनाएको छ ।

बिहिवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले उक्त जानकारी दिनुभएको हो । देवकोटाका अनुसार स्वाव परीक्षण, पीसिआर बिधिबाट अहिलेसम्म २२ हजार ६ सय ६४ वटा परीक्षण भएका छन् । त्यसैगरी र्यापिड डाइगोनोष्टिक, आरडिटी विधिबाट ६२ हजार ३ सय २७ वटा परीक्षण भएका छन् । प्रवक्ता देवकोटाले सरकारले परिक्षणको दायरा बढाउँदै लगेको बताउनुभयो ।

बिहीबार थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा काठमाडौंका ३२ वर्षिय पुरुष र ७ वर्षीय, जनकपुरकी १७ वर्षीय युवती, धादिङ ३० महिला, कपिलवस्तुका ६ वर्षिया बालिका तथा भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षिय पुरुषमा कोराना संक्रमण देखिएको हो । नेपालमा हालसम्म १ सय ९९ पुरुष र ५० महिला गरी २ सय ४९ जनामा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकामा ६ सहित देशभरी गरेर २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । त्यसैगरी १५ हजार ६ सय जना क्वारेन्टाइनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);