आज देशभर छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज देशभर छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडाैं, ७ असार । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।

यसैबीच योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वनस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिनुभएको छ । शारीरिक एवंम् मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);