ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा

donald trump

एजेन्सी,४ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरिक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो । प्रारम्भिक छानविनको क्रममा उक्त पत्र क्यानाडाबाट पठाईएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

उनीहरुले यस्तै पत्र अरुपनि हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारेका छन् । अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि बेलाबखत यस्ता पत्रहरु आउने गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);