कोमामा रहेका नाभाल्नीको बर्लिनमा उपचार हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोमामा रहेका नाभाल्नीको बर्लिनमा उपचार हुने

एजेन्सी, ६ भदौ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारको लागि जर्मनी लगिएको छ । रुसको साईबेरियास्थित एक अस्पतालमा कोमामा रहनु भएका नाभाल्नीको उपचार गरिरहेका रुसी चिकित्सकहरुको अनुमतिमा उहाँलाई जर्मनीको बर्लीन लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि तिनै चिकित्सकहरुले अनुमति नदिंदा नाभाल्नीलाई जर्मनी लैजाने प्रयास असफल भएको थियो । साईबेरियाको ओम्स्क शहरबाट मस्को जानेक्रममा वेहोस भएका नाभाल्नीको कोमामा उपचार भइरहेको थियो । विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको आशंका गरिएको छ । तर रुसी अनुसन्धानकर्ता र चिकित्सकहरुले नाभाल्नीको शरिरमा कुनै विषालु पदार्थ प्रमाणित नभएको दावी गरिरहेका छन् ।

नाभाल्नीको परिवारले भने सरकारको दावी अस्विकार गरिरहेको छ । जर्मनी लैजाँदा नाभाल्नीको शरिरमा विषको अवशेष प्रमाणित हुनसक्ने भएकोले समयमै रुस छाड्न नदिइएको परिवारको आरोप छ । नाभाल्नीलाई यसअघि मस्कोको एक कारागारमा रहेकमो बेला पनि विष दिईएको थियो । ४४ वर्षका भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी साईबेरियामा हुन लागेको स्थानिय चुनावअघि समर्थकहरुलाई सम्बोधन गर्न पुग्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);