रुसमा नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सय भन्दा बढी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुसमा नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सय भन्दा बढी पक्राउ

एजेन्सी, २१ माघ । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

मस्कोको एउटा अदालतले राष्ट्रपति भ्लादीमिर पुटिनका आलोचक नभाल्नीलाई तीन वर्षको जेल सजाय सुनाएपछि विरोध प्रदर्शनमा उत्रिएका करिब १४ सय भन्दा बढी प्रदर्शनकारी बुधबार पक्राउ परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

नाभाल्नीलाई सुनाइएको तीन वर्षको जेल सजायको बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र युरोपियन युनियनले निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेका छन् ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका नाभाल्नीलाई त्यो बेलादेखि नै हिरासतमै हुनुहुन्छ । अदालतले पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाएको हो ।

गत अगस्टमा घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उहाँको जर्मनीमा उपचार भएको थियो । पछिल्ला दुई सातादेखि नाभाल्नीको रिहाइको माग गर्दै देशव्यापी प्रदर्शन समेत भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);