महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम

एजेनसी, ६ भदौ । भारत स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मा एक अमेरिकी नागरिकले २ करोड ५५ लाख भारतीय रुपैंयामा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इस्ट ब्रिस्टलले गान्धीको चस्मा १४ लाख भारतीय रुपैंयासम्ममा बिक्री हुने अपेक्षा गरेको तर ठूलो रकममा बिक्री भएको बताएको छ । सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएका छन् । सन् १९१० देखि १९३० दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);