भारत ७५ औं स्वतन्त्रता दिवश मनाउँदै, दिल्लीमा सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारत ७५ औं स्वतन्त्रता दिवश मनाउँदै, दिल्लीमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । छिमेकी राष्ट्र भारत आइतबार १५ अगस्तका दिन ७५ औं स्वतन्त्रता दिवश मनाईरहेको छ ।

अंग्रेज शासकबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा भारतले अमृत महोत्सव मनाईरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएका छन् । सोअघि प्रधानमन्त्री मोदीले ट्वीटमार्फ स्वतन्त्रता दिवसको बधाई दिँदै स्वतन्त्रताको अमृत महोत्सवले देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चारको कामना गरेका छन् ।

मोदीले आजै लालकिल्लामा भएको समारोहमा पनि सम्बोधन गरिसकेका छन् । लालकिल्लामा गरेको सम्बोधनमा मोदीले किसान, महिला तथा युवाहरुका लािग महत्वपूर्ण घोषणाहरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सम्बोधनका क्रममा मोदीले भनेका छन्–‘यही समय हो हामीले आफ्नो कोशिशलाई अझ प्रभावकारी बनाउनु पर्छ र देशलाई अझ धेरै आधुनिक र राम्रो बनाउनुपर्छ ताकि आउने समयमा मानिसहरुले यो समयलाई याद गरोस् ।’

कोरोना महामारीका कारण भारतमा लगातार दोश्रो पटक कम मानिसहरुको सहभागीमा आफ्नो स्वतन्त्रता दिवश मनाएको हो । स्वतन्त्रता दिवसलाई मध्येनजर गर्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ भने संवेदनशील क्षेत्रहरुमा एंटी–ड्रोन सुरक्षा व्यवस्था समेत लागु गरिएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले सेना र ओलम्पिकका खेलाडी र कोरोना वरियर्सलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);